सुकुम्बासीहरुको जग्गा धनाढयहरूले कब्जा गरेका छन् ः राज्य मन्त्री मण्डल

सुकुम्बासीहरुको जग्गा धनाढयहरूले कब्जा गरेका छन् ः राज्य मन्त्री मण्डल

राजेन्द्र महतो, लहान

उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री प्रदेश नंः २ का प्रदेश सांसद सुरेश मण्डलले सुकुम्बासीहरुको जग्गा धनाड्यहरुले कब्जा गरेको बताएका छन् । भुमिहीन, सुकुम्बासी तथा हरवा चरवाको अधिकार सम्बन्धि कार्यशाला कार्यक्रमको प्रमुख अतिथिको सम्बोधन गर्दै मण्डलले यस्तो बताएका हुन् ।

मन्त्री मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै भने भुमिहीन, सुकुम्बासी तथा हरवा चरवा समुदायले आफनो हक अधिकारका लागि आफै अग्रसर हुनुपर्ने बताएका छ्न् । राज्य मन्त्री मण्डलले नेपालमा व्यवस्था परिवर्तन भएसँगै हरेक तह तप्का समुदायमा पनि परिवर्तन हुनुपर्ने बताउदै बास्तविक सुकुम्बासिहरुले जमिन नपाएकोमा दुःख लागेको बताए । सुकुम्बासीको नामको जग्गा ठूला ठूला धनाढयको कब्जाामा रहेकोले जग्गा फिर्ता गराई वास्तविक भुमिहिन, सुकुम्बासीहरुलाई वितरण गर्नेमा जोड दिएको बताएका छ्न् । मन्त्री मण्डलले भुमिहिन तथा सुकुम्बासिहरुको जग्गा मारुति सिमेन्टजस्ता भुमाफियाहरुले कव्जा गरेको भन्दै त्यस्तालाई प्रदेश सरकारले कार्वाहि गरिने समेत जिकिर गरेका छन् ।

दलित, भुमिहीनको खेती गर्ने कम्युनिष्टहरुले उनिहरुको भोटले सत्तामा पुगेपनि दलित तथा भुमिहिनहरु जस्ता त्यस्तै रहे तर कम्युष्टिभनाउदाहरु महल ठटाए उनिहरुले जोगीको भेषमा चोरहरुले ठगे जस्तै कम्युनिष्टहरुले गरिरहेको छ । त्यसैले विभेदमा परेको समुदायले आफनो हक अधिकार दिलाउने वा पिडितको पक्षमा काम गर्नेलाई चिन्न आवश्यक समेत रहेको बताएका छन्।

राष्ट्रीय दलित नेटवर्क काठमाण्डौको आयोजनामा सिरहाको लहान स्थित श्रीराम गेष्ट हाउसको सभाहलमा भुमिहिन, सुकुम्बासी तथा हरवा चरवाको अधिकार सम्बधी एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यशाला गोष्ठिमा सिरहा, सप्तरि र धनुषाको भुमिहीन तथा हरवा चरवा अधिकारकर्मी तथा अगुवाहरु लगायत ३० जनाको सहभागिता रहेको थियो ।

भुमिहीन,सुकुम्बासी तथा हरवा चरवाका अधिकार सम्बन्धि कार्यपत्र बरिष्ठ पत्रकार अर्जुन थपलियाले प्रस्तुत गरेका थिए । कार्यशालामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राकेश झाले आफनो पार्टी सदैब दलित, भुमिहिन तथा सुकुम्बासीहरुको हक हितमा लडिरहेको बताएका छन्। कार्यक्रम राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय सचिव लागेन्द्र सदाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा मन्तव्यको क्रममा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती देवी मण्डल, जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदा, जिल्ला हरवा चरवा अधिकार मञ्च सप्तरिका देवलाल राम लगायतकाले मन्तव्य दिएका थिए । कार्यक्रम संचालन राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक संजय महराले गरेका थिए ।

सम्बन्धित खवर