मोफसलमै पहिलो पटक फुटबल प्रिमियर लिग पथरीमा आयोजना हुने भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आयोजना हुन गइरहेको पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ का बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
नगरको १० वटै वडाका खेलाडीहरूको सहभागीतामा अक्सन मार्फत खेलाडी छनौट गरि प्रतियोगीता आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगीतामा नगरका ८ टिमको सहभागीता रहने र प्रत्येक टिमका लागि १÷१ जना मार्कि खेलाडी चयन गरीएको प्रतियोगीताका संयोजक संजिव गिरीले बताए । ८ वटा टिमको सम्पूर्ण व्यवस्थापनको जिम्मा प्रत्येक टिमका वनरको रहने बताइएको छ भने अक्सनमार्फत खेलाडी छनौट गर्दा कम्तिमा ३ हजार रुपैँया देखी ८ हजार रूपैँयासम्म मूल्य लगाउन पाइने अयोजकले जानकारी दिएको छ। खेलाडीको समानुपातिक वितरणका लागि प्रत्येक मूल्य समूहका निश्चित खेलाडी छनौट गर्न पाइने प्रावधान रहेको आयोजक कमिटीका सदस्य राष्ट्रिय खेलाडी समेत रहेका दिपक राईले बताए।
पथरी शनिश्चरे नगरपालिका भित्रका खेलाडिले मात्र सहभागीता जनाउन पाउने लिग १५ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ। नगरभित्रका ३५० जना खेलाडिले अक्सनमा सहभागिता जनाएका थिए भने १४४ खेलाडी नगरका बिभिन्न ८ क्लवमा आवद्ध भएका छन् । खेलाडीलाई ब्यावसायिक बनाउने उद्धेश्यले सुरु हुन लागेको प्रतियोगीतामा प्रत्येक क्लबले मार्कि खेलाडी सहित १८ जना खेलाडी छ्नौट गर्नु पर्ने छ । मंसिरको तेस्रो साताबाट संचालनको लक्ष्य रहेको फुटबल प्रतियोगीता लिग कम नक आउटको पद्दतीमा खेलाइने बताइएको छ।
प्रतियोगितामा पथरी शनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ वटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संयोजक संजिव गिरिले जानकारी दिएका छन् ।
कुन क्लबमा को मार्कि खेलाडी ?
१. हाइवे फुटबल क्लब – मनोज गुरूङ
२. देबिगन्ज फुटबल क्लब – सन्तोष न्यौपाने
३. वाई जि एफ टि क्लव – मन्दिप धिमाल
४. १० नवोदय फुटबल क्लब – अर्जुन बस्नेत
५. सिरिजङ्गा फुट्बल क्लब – सुवास तामाङ
६. रियल ब्रोदर फुटबल क्लब – तिर्थराज बस्नेत
७. हेरिका न्यु स्टार फुटबल क्लब – मिन धिमाल
८. शिखर फुटबल क्लब – साइमन लिम्बू
प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् भने उपबिजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
प्रतियोगीतामा सहभागी क्लवले नगद १० हजार शुल्क बुझाउनु पर्ने छ भने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख अनुमानित रकम खर्च हुने प्रतियोगितो आयोजक कमिटिले जानकारी दिएको छ ।प्रतियोगीता आयोजनाका लागि ९ सदस्यीय आयोजक कमिटी समेत गठन गरीएको छ । जसको संयोजनको जिम्मा संजिव गिरीलाई दिइएको छ । सह–संयोजक विकी राई रहेका छन्। समितीको सचिव मनि लिम्वू, कोषाध्यक्ष नामिहाङ् राई र सदस्यहरूमा दिपक राई, भक्त राई, रोशन लिम्बू, दिपक पुलामी र सुमन लिम्बू रहेका छन्।