पथरी, अमेरिका नेपाल मेडिकल फाउण्डेशनले मोरङको पथरी शनिश्चरे नगर अस्पतालका लागि अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ ।
फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगरपालिका स्थायी घर भई वीर अस्पताल काठमाडौंका पूर्व निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतको पहलकदमी तथा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितको नगरपालिकाको प्रयासमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो ।
पथरी नगर अस्पतालमा करीब ५० शैय्यालाई पुग्ने अक्सिजन प्लान्ट निमार्णका लागि फाउण्डेशनका प्राविधिकहरुले सर्भे गरेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उहाँले कोरोनाको संक्रमणको अवस्थामा समेत झनै आवश्यक रहेको अक्सिजन प्लान्ट निर्माणले निकै महत्व राख्ने बताउनु भयो ।