काठमाडौँ : सरकारले मंसिर २ गते किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै जानकारी दिएको छ ।
शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ ।





