भन्सार छली गरी ल्याएको करिव तिन लाख भन्दा बढि मुल्यका सामान बरामद

भन्सार छली गरी ल्याएको करिव तिन लाख भन्दा बढि मुल्यका सामान बरामद

मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छली गरी ल्याएका करिaव तिन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे विराटनगर(९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैया मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।

यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी गस्ति टोलीले हिजो राती पौने ११ बजे १ लाख ६७ हजार ३ सय मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ । गोप्य सुराकका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया स्थित एक घरमा भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो ।

साथै भन्सार छली लत्ताकपडाहरु ल्याई लुकाई छिपाई राख्ने घर धनि २५ बर्षीय राहुल रायलाई समेत पक्राउ गरिएको र बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर