काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार ६ सय ६६ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ६९ जनासहित देशभर संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । संक्रमितमध्ये १ लाख ६२ हजार २ सय ४३ जना कोरोना मुक्त भएका छन् ।