आज सन्दीपले मौका पाउलान् त !

आज सन्दीपले मौका पाउलान् त !
  • प्रबेश बिष्ट

दिल्ली क्यापिटल्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रबेश गरेको छ । १२ औँ संस्करणसम्म पनि फाइनलमा प्रबेश गर्न नसकेको दिल्ली यस पटक इतिहासमै पहिलो पटक प्रबेश गरेको हो ।

उपाधीका लागि दिल्ली र साविक विजेता मुम्बई इन्डियनबीच नेपाली समय अनुसार मंगलबार राति साँझ ७ः४५ बजे खेल सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले हैदरावादलाई १७ रनले हराँउदै फाइनलमा स्थान बनाएको थियो भने उता मुम्बईले पहिलो क्वालिफाएरमा दिल्लीलाई ५७ रनको फराकिलो जित निकालदै फाइनलका पुगेको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले अहिले सम्म पनि उनलाई मौका दिएको छैन । दिल्लीले सुरुवात म्याचमा राम्रो प्रदर्शन गरे पनि फाइनल पुग्ने बेला भने खराब लय देखाएको हुनाले पनि सन्दीपले मौका पाएका छैनन् । दिल्लीले पछिल्ला ७ खेलमध्ये दुई म्याचमा मात्र जित हासिल गर्न सफल भएको थियो ।

पहिलो पटक आईपीएलको फाइनलमा पुगेको दिल्ली मुम्बईविरुद्ध सकेसम्मको बल प्रयोग गर्नेछ । दिल्लीलाई आज पहिलोपटक उपाधि जित्ने अवसर पनि छ । पहिलो क्वालिफायरमा मुम्बइसँग हारेको दिल्ली गल्ती नदोहो¥याउने लक्ष्यमा हुनेछ ।

दिल्लीले सन्दीपमाथि गर्ला विश्वास ?

दिल्लीले पहिलो क्वालिफायरमा मुम्बईसँग खेलेको थियो । तर, मुम्बईविरुद्ध पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर पनि खेल्नुपरेको थियो ।

मुम्बईविरुद्ध दिल्लीका बलर/ब्याट्सम्यानको खराब प्रदर्शन रह्यो । पहिला बलिङ गरेको दिल्लीले खराब सुरुवात ग¥यो । रोहित शर्माको विकेट छिट्टै लिए पनि रनको गतिमा सुस्तता ल्याउन सकेन । जसकारण दिल्लीले २०१ रनको विशाल लक्ष्य पायो ।

विशेष गरी मुम्बई विरुद्धको महत्वपूर्ण खेलमा दिल्लीका फास्ट बलर खर्चिला रहे । पहिलो क्वालिफायरमा दिल्लीका लागि महत्वपूर्ण बलर मानिएका कागिसो रबाडा र एनरिक नोर्टजे निकै महँगा सावित भए ।

नोर्टजेले एक विकेट लिए पनि उनले चार ओभरमा ५० रन खर्चिन पुगे । त्यस्तै, रबाडाले चार ओभरमा बिनाविकेट ४२, डानियल साम्सनले चार ओभरमा विनाविकेट ४४ रन दिए ।

फास्ट बलरको तुलनामा मुम्बईविरुद्ध स्पिनरले राम्रो प्रदर्शन गरे । स्पिनर रविचन्द्रन आश्विनले आफ्नो चार ओभरमा महत्वपूर्ण ३ विकेट लिएर २९ रन मात्र खर्चिए ।

त्यस्तै, अक्क्षर पटेलले विकेट नलिए पनि ३ ओभरमा २७ रन दिए । फाइनलमा दिल्लीले केही परिवर्तन गर्ने सम्भावना छ । अघिल्ला खेलहरुमा फास्ट बलरको तुलनामा मुम्बईविरुद्ध स्पिनरले राम्रो प्रदर्शन गरेका कारण पनि आज सन्दीपले मौका पाउने झिनो आशा छ ।

आज दिल्लीले शिमरोन हेटमायर, किमो पउल र सन्दीप लामिछानेमध्ये एकलाई मौका दिने सम्भावना छ । यी तीन जनामध्ये बढी सम्भावना हेमायर र सन्दीपको छ । हेटमायरले सुरुवातका म्याचमा लगातार मौका पाएका थिए । केही म्याचमा राम्रो ब्याटिङ पनि गरे । तर, बीचमा उनले विश्राम पाए ।

सन्दीपले जारी सिजनमा अहिलेसम्म मौका पाएका छैनन्। तर, आजको महत्वपूर्ण म्याचमा दिल्लीले उनीमाथि विश्वास गर्ने सम्भावना पनि कायमै छ । यूएईका पिच स्पिनर अनुकूल भइरहेका छन्।

र, सन्दीपको बलिङबारे विपक्षी टिमका खेलाडीले जारी सिजनमा खासै अध्ययन गरेका छैनन् । दिल्लीको चलाखी रणनीतिअनुसार सन्दीपले प्लेइङ–११ मा मौका पाउने सम्भावना छ ।

दिल्लीको सम्भावित प्लेइङ ११

शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), शिमरोन हेटमायर/सन्दीप लामिछाने, ऋषभ पन्त, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन आश्विन र एनरिक नोर्टजे।

सम्बन्धित खवर