कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइतबार ५९ वर्षीय दाजुको मृत्यु भएको छ ।

५९ वर्षीय दाजुको कात्तिक १० गतेदेखि बिराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भाइ गाउँको शिक्षणसमेत हुन् । मधुमेह र उच्च रक्तचापको समस्या भएका उनी कोरोनाविरुद्धको अभियानमा पनि सक्रिय रहेका स्थानीयले बताएका छन् । केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले दाजु पहिले वडाध्यक्ष भएका व्यक्ति भएको र भाइ गाउँकै शिक्षक भएको जानकारी दिए ।

सम्बन्धित खवर