महोत्तरी : महोत्तरीको गौशालामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
आइतबार साँझ गौशाला नगरपालिका २ को निगौलमा भएको दुर्घटनामा स्थानीय साइकलयात्री ४५ वर्षीय छठु मुखियाको ज्यान गएको हो । गौशालाबाट घरतर्फ गइरहेका मुखियालाई वीआ ३० एक्स ९२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि जलेश्वरमा राखिएको छ भने मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश रेग्मीले बताएका छन् ।