धरानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

धरानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर : सुनसरीको धरानमा सोमबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । धरान १४ विजयपुरमा कोरोना संक्रमित महिला र मोरङको पथरीका पुरुषको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार शुक्रवार स्वाब लिइएको मृतक वृद्धाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

महिलालाई बीपीको इमरजेन्सीमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि आइतबार घर लगिएको थियो । ६७ वर्षीया उनको घरमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको धरान १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको दुई दिनपछि मोरङको पथरी–१ का ६५ वर्षीय पुरुषको सोमबार बिहान ९ बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। आषिश श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी रहेका उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या हालसम्म ९३ जना पुगेको छ भने धरानकै मात्र ६५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर