प्रदेश १ मा ३६४ जना कोरोना संक्रमित थपिए, ६२८ जना डिस्चार्ज

प्रदेश १ मा ३६४ जना कोरोना संक्रमित थपिए, ६२८ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् ।

मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना देखिएको छ ।
यसैगरि भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको छ ।

प्रदेशमा सोमबार ६२८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ६१७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ ।

प्रदेशमा सोमबार १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर