दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले शुरु गर्यो ‘चालकसँग १ मिनेट’ कार्यक्रम

दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले शुरु गर्यो ‘चालकसँग १ मिनेट’ कार्यक्रम

पाेखरा : ट्राफिक प्रहरीले ‘चालकसँग १ मिनेट’ कार्यक्रम आईतबारदेखि शुरु गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले आईतबारदेखि १ महिने कार्यक्रम ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो । चाँडपर्वसँगै बढ्न सक्ने दुर्घटना न्यूनिकरणका लागि यो कार्यक्रम शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकी प्रदेशका कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोष्टबाट एकैसाथ सञ्चालन भएको यो कार्यक्रम १ महिनासम्म चल्ने ट्राफिक प्रहरी कार्यलय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।

यो कार्यक्रम यसअघी ट्राफिकले शुरु गरेको नमस्ते अभियानसँग मेल खान्छ । सो अभियानमाजस्तै ‘चालकसँग १ मिनेट’ कार्यक्रममा पनि सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्छ र सम्मानपुर्वक चालकलाई नमस्कार गर्दछ । त्यसपछी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न, चार पाङ्ग्रे सवारी साधन चलाउनलेलाई अनिवार्य रुपमा सिट बेल्ट लगाउन तथा मोटरसाईकल र स्कुटरलगायत दुई पाङ्ग्रे सवारी साधन चलाउने चालकलाई हेलमेट लगाउने र हेलमेटको फित्ता अनिवार्य रुपमा लगाउन आग्रह गर्नेछ ।

त्यस्तै, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरुको सेवन गरि सवारी साधन नचलाउन, तिव्र गतिमा सवारी साधन नचलाउनलगायतका सचेतनामुलक सन्देश चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस भनी कामना गर्दै नमस्कार गरेर विदा गर्ने एसपी ढकालले जानकारी दिए ।

सम्बन्धित खवर