विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटले युवालाई सही बाटामा डोर्याउनुपर्ने बताउनु भएको छ । नेपाल स्काउट प्रदेश तदर्थ समितिको बुधबार आयोजित शपथ ग्रहण समारोहमा उहाँले युवालाई मुलुकमा रहेका कुरीति, कुसंस्कार आदि न्यूनीकरण गरी राष्ट्रिय जागरण ल्याउने प्रेरणा दिन स्काउटसँग आग्रह गर्नुभएको हो ।
स्काउट प्रदेशका प्रमुख तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश तदर्थ समितिका संयोजक रवि खनालसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै स्काउटको विधानानुरुप अगाडि बढ्न आग्रह गर्नुभयो । नेपाल स्काउटले खनालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश स्काउट तदर्थ समिति गठन गरेको छ ।