पाँडे र पौडेललाई भैरव पुरस्कार

पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष ०७६र७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र ५० हजार रुपैयाँ छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्‍नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

हाल कोरोना भाइरसको सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । २०४६ सालदेखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकामा अब आगामी वर्षबाट बर्सेनि वितरण गरिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित खवर