च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स विजयी

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स विजयी

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७५ औं मिनेटमा भिक्टरले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले बिजयी भयो ।

जितसँगै समूह ‘जी’ को बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत रहेको छ । ३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।

यस्तै इटालियन क्लब युभेन्ट्सले पनि दोस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो ।

Image

एफटिसीको मैदानमा अल्भारो मोराटाले सातौं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको युभेन्ट्सले ६० औं मिनेटमा मोराटाकै गोलबाट अग्रता दोब्बर बनायो ।

 खेलको ७३ औं मिनेटमा पाउल डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए । ८१ औं मिनेटमा एफटिसीका लाशा डीभालीले आत्मघाती गोल गर्दा युभेन्ट्स ४-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा घरेलु टोलीका फ्रान्क बोलीले एक गोल गरेपनि युभेन्ट्स ४-१ ले विजयी भयो ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

सम्बन्धित खवर