महरा पत्नीको निधनबाट सभामुख मर्माहत

महरा पत्नीको निधनबाट सभामुख मर्माहत

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटाले विज्ञप्तिमा भन्नुभएको छ, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।” महरा पत्नीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

सम्बन्धित खवर