र्‍यापर भिटेन अलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

र्‍यापर भिटेन अलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं : र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले प्रहरीलाई आदेश दिएको छ ।

आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाउँ भन्दै भिटेनले गत आईतबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो । गीत, संगीतको विषयमा भिटेनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतको ठहर छ ।

युट्युबमा पोस्ट गरेको पारा नामको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।

साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुन राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

एक वर्षअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । अभद्र व्यवहार सम्बन्धी कसूरमा उनलाई साधारण तारखेमा छाडिएको थियो ।

सम्बन्धित खवर