अमेरिकाको प्रारम्भिक मतगणनामा बाइडन अगाडि

अमेरिकाको प्रारम्भिक मतगणनामा बाइडन अगाडि

अमेरिका : अमेरिकाको प्रारम्भिक मतगणनामा  दवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट परेको छ ।

१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् । त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।

सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ । फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।

स्रोत : बीबीसी

सम्बन्धित खवर