उदयपुरको कटारी ३ मा एक बेवारिसे शव फेला

उदयपुरको कटारी ३ मा एक बेवारिसे शव फेला

उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नम्वर ३ मा एक बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार अन्दाजी उमेर ५५/६० उमेर भएको एक पुरुषको शव फेला परेको हो ।

उनले मृतकको पहिचान भने खुल्न नसकेको भन्दै शवलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको र घटनाबारे छानविन अगाडि बढाइएको जानकारी पनि दिएका छन् ।

सम्बन्धित खवर