धरान : धरानमा बोलेरो गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । धरान २ भानुचोक स्थित कोशी राजमार्गमा दक्षिणमार्गबाट उत्तरतर्फ जादै गरेको नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
तत्काल नाम थर र वतन नखुलेको करिब ४० बर्षको एक पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गम्भिर घाईते भएका ती पुरुषलाई उपचारको लागि धरान स्थित बीपी कोईराला विज्ञान प्रतिष्ठान पठाएको र उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटना गराएर बोलेरो गाडी फरार भएको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको खोजि कार्य भईरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।