सिरहामा अबैध गाँजा सहित १ जना पक्रउ

सिरहामा अबैध गाँजा सहित १ जना पक्रउ

राजेन्द्र महतो, लहान

सिरहामा अबैध गाँजा सहित एक जनालाई प्रहरीले पक्रउ गरेको छ । सिरहाको धनगढीमाई नपा–१४ भालुटार सखुवाचौरीबाट उत्तरबाट दक्षिणतर्फ आईरहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

को ९ प २१९५ नं. को मोटरसाइकलमा चेकजाच गर्ने क्रममा गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरीले १० केजी अवैध गाँजा बरामद गरेको प्रहरीले बताइएको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेको सेतो बोराभित्र लुकाई छिपाई राखी ल्याउदै गरेको स्थानीय ३७ वर्षिय बुधबहादुर तामाङ्गलाई १० केजी गाँजासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले बताएका छन्।

पक्रउ परेका तामाङ्गलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । प्रहरीले उनलाई सोमवार बेलुका पक्राउ गरेपनि आज अपरान्ह सार्वजनिक गरेको हो ।

सम्बन्धित खवर