विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर : विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार (आज) बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर–११ का ४९ वर्षीय पुरुष र धरान–१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

सम्बन्धित खवर