घर घरमा सामाजिक सुरक्षा भत्ता

घर घरमा सामाजिक सुरक्षा भत्ता

पथरी, मोरङको पथरी शनिश्चरे १० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा आज जिरिखिम्ती, ऐयावारी, चौकीडाँडा सहितका १८ जनाका लागि घरमै पुगेर भत्ता वितरण गरिएको हो । कार्यवाहक वडाध्यक्ष मैनादेवी फूँयल आचार्यको अगुवाईमा कुमारी बैंक पथरी शाखाका कर्मचारीहरुमार्फत भत्ता वितरण गरिएको हो ।

सम्बन्धित खवर