कोरोना निको हुने दर वृद्धि

कोरोना निको हुने दर वृद्धि

नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा आज एक हजार ६३० सङ्क्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८।२ प्रतिशत पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०।६ प्रतिशतको ज्यान गएको छ । रासस

सम्बन्धित खवर