सिरहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

सिरहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार गोलबजार नगरपालिका वडा नम्बर ४ निवासी ७४ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ।

आफ्नै घरमा एक्कासी शश्वास प्रस्वासमा समस्या भएपछि पुरूषलाई गत कात्तिक ११ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको १२ गते स्वाब लिएर परीक्षण गर्दा १३ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सम्बन्धित खवर