कोरोना उपचारमा धरौटीको सूचना निकाल्ने सबैलाई स्पष्टिकरण माग

कोरोना उपचारमा धरौटीको सूचना निकाल्ने सबैलाई स्पष्टिकरण माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा धरौटी शुल्कका लागि सूचना प्रकाशन गर्ने सबै अस्पताललाई स्पष्टिकरण माग गरेको छ । आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो कुरा बताएका हुन् ।

सरकारी अस्पतालहरुले पनि धरौटी रकम नलिन निर्देशन गरिएको गौतमले बताए । सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए ।

प्रवक्ता डा. गौतमले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने निर्णय भने यथावत रहेको बताए ।

आर्थिक रुपमा विपन्‍न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने जनाएको छ ।

सम्बन्धित खवर