उर्लाबारीमा मृत भेटिएकी महिलाको अझै पहिचान भएन

उर्लाबारीमा मृत भेटिएकी महिलाको अझै पहिचान भएन

पथरी, मोरङको उर्लाबारी नगरपालिका – ४ स्थित पूर्वपश्चिम राजमार्गको आइतबारेमा एक महिला मृत अवस्थामा भेटिएकी थिइन् । गएराती ८ बजेतिर सडकमा १० मिटर घिसारेको अवस्थामा ३०÷३५ वर्षकी महिला मृत फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार मृतकको अझै पहिचान हुन सकेको छैन् । सवारी दुर्घटनामा महिलाको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक पोख्रेलले बताउनुभयो । दुर्घटना गराउने सवारीको खोजी हुनुका साथै घटनाबारे अनुसन्धान भईरहेको पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: