आचार्यको नेतृत्वमा मनिङ्ग ग्लोरी स्कुलमा भूपू विद्यार्थी मञ्च गठन

आचार्यको नेतृत्वमा मनिङ्ग ग्लोरी स्कुलमा भूपू विद्यार्थी मञ्च गठन

सञ्जय आचार्य
पोखरा : साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका वडा नं. ३३ मा मनिङ्ग ग्लोरी एकेडेमीक स्कुलमा कपिल आचार्यको नेतृत्वमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ । मञ्चको उपध्यक्षमा सम्झना भण्डारी, सचिवमा विनय पौडेल, सहसचिवमा सुवास थापा र कोषाध्यक्षमा नविना काफ्ले रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा डा.विवेक पौडेल क्षेत्री, राजन आचार्य, सागर अधिकारी, प्रदिप आचार्य, प्रमोद अधिकारी, सुवासचन्द्र पौडेल, बर्षाद आचार्य, जयन्ती सुवेदी, स्वस्ती खड्का, निकिता आचार्य, मनोज राना मगर र समीप दाहाल रहेका छन् ।

मञ्चको सल्लाहकारमा डा.विकास जंग क्षेत्री (डाक्टर), डा.विवस पौडेल, ई.अश्विनी लामिछाने, शिशिर पौडेल र डा.श्रीकृष्ण पौडेल रहेका छन् ।

शिक्षा क्षेत्रमा निजी तबरबाट पनि छुट्टै योगदान र भूमिका खेलेको यस मनिङ्ग ग्लोरी एकेडेमीक स्कुल स्थापनाकालमा खरको छानोको कोठाबाट आफ्नो यात्रा सुरु गरेको थियो । आज आएर यस स्कुलको आफ्नै ३ वटा दुईतले सुविधासम्पन्न शैक्षिक भवनहरु निर्माण भईसकेका छन् ।

मनिङ्ग ग्लोरी साविक भरतपोखरी गाविसको पहिलो अङ्ग्रेजी माध्यममा पढाई हुने स्कुल पनि हो ।  २०५१ सालमा स्थापित यस विद्यालयले १० जना विद्यार्थी लिएर खरको छानोबाट यात्रा शुरु गरेको यस स्कुलमा हाल ६सय भन्दा बढि विद्यार्थीहरुले अध्ययनअध्यापन गर्ने गर्दछन् ।

यस विद्यालयमा २०६२ सालदेखि २०७६ सालसम्म अध्ययन गरेका तीनसय ७६ जना विद्यार्थीहरु भूपू विद्यार्थी मञ्चमा रहेको र ती विद्यार्थीहरु समाज र विद्यालयको अमूल्य गहना बन्न सकेकोमा स्कुलका प्राचार्य शिवदत्त तिवारीले खुशी व्यक्त गरे ।

स्कुलका प्राचार्य शिवदत्त तिवारी, संस्थापक अध्यक्ष बिष्णु पौडेल, स्कुलका निर्देशक भोजराज आचार्य र स्कुलका सहप्राचार्य त्रिबिक्रम दाहालले शिक्षाको महत्व र शिक्षिक युवा पुस्ताले समाज र देश रुपान्तरणमा खेल्ने भूमिकाका विषयमा खुलेर चर्चा गरेका थिए । साथै नवगठित भूपू विद्यार्थी मञ्चको एकता र शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् भनेर शुभकामना पनि व्यक्त गरेका थिए ।

मञ्चका सदस्य डा.विवेक पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष बिष्णु पौडेलले उक्त विद्यार्थी मञ्चको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै मञ्चलाई विधिवत रूपमा दर्ताको प्रक्रियामा अगाडि बढाउन समेत निर्देशन दिए ।

सम्बन्धित खवर