विश्वमा कोरोना संक्रमितको सङख्या ४ करोड ४७ लाख नाघ्यो, ११ लाख ७८ हजार बढिको मृत्यु

विश्वमा कोरोना संक्रमितको सङख्या ४ करोड ४७ लाख नाघ्यो, ११ लाख ७८ हजार बढिको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ । वल्र्ड मिटरको बिहिबार बिहान सम्मको तथ्यांक अनुसार विश्वभर ४ करोड ४७ लखा ३८ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अमेरिकामा ९१ लाख १७ हजार ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा १५ लाख ६३ हजार ९ सय ७६, ब्राजिलमा ५४ लाख ६९ हजार ७ सय ५५, बेलायमा ९ लाख ४२ हजार २ सय ७५ इर्टालीमा ५ लाख ८९ हजार ७ सय ६६, स्पेनमा ११ लाख ९४ हजार ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ११ लाख ७८ हजार ५ सय १३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक २ लाख पुगेको छ । त्यहाँ २ लाख ३३ हजार १ सय २३ पुगेको छ । त्यस्तै, बेलायतमा ४५ हजार ६ सय ७६, ईटालीमा ३७ हजार ९ सय ५, फ्रान्समा ३५ हजार ७ सय ८५, ब्राजिलमा १ लाख ५८ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।

विश्वभर ३ करोड २७ लाख १ हजार ५९ जना संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५९ लाख १६ हजार १ सय ८४ जना निको भएका छन् । ब्राजिलमा ४९ लाख ३४ हजार ५ सय ४८, जर्मनीमा १ लाख ९७ हजार ७ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा २ लाख ५ सय ८९ संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको हुनेको संख्या ८० लाख ३८ हजार ७ सय ६५ भने १ लाख २० हजार ५ सय ६३ जनाको मृत्यु भएको छ । नेपालमा १ लाख ६२ हजार ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर