रंगेलीका मेयर वगडीयामा कोरोना पोजेटिभ

रंगेलीका मेयर वगडीयामा कोरोना पोजेटिभ

किरण न्यौपाने, रंगेली नगरपालिकाको मेयर दिलिप वगडीयामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आईतवार दिउसो देखि जिऊ दुख्ने समस्या सहित रुघाले च्यापे पछी मेयर वगडियाले प्रदेश प्रयोगशालामा स्वाप परिक्षण गराएका थिए । आज विहान आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ देखाएको छ । मेयर वगडीयामा कोरोना पुष्टी भएपछी उनि विराटनगर स्थित आफनै निवासमा होम आईसोलेशनमा बसेका छन् । कोरोनाको संक्रमण देखिएको मेयर वगडियामा हाल सामान्य लक्षण देखिएको छ उनले भने–सामान्य रुघा र जिऊ दुखी रहेको छ, बेला बेला खोकी लाग्छ । हिजो दिउसो देखी शारिरमा थकान र दुख्न थालेपछी शंका लागेर स्वाप परिक्षण गराएको मेयर वगडियाले बताए । घरमै आइशोलेट भएको मेयर वगडिया डाक्टरको परार्मशमा रहेका छन् ।

सम्बन्धित खवर