पथरी, बिराटनगर मोरङको रंगेली अस्पतालमा रहेका दरवन्दीका चिकित्सकहरुले अस्पताल परिसर भित्र मदिरा सेवन गर्ने गरेको पाइएको छ । अस्पताल भित्र चिकित्सकहरुले बिहीबार मध्यरातमा नर्सिङ कुवाटरमा मनोरञ्जन गरेको खुलेको हो ।
बिहीबार रंगेली अस्पतालका दरवन्दीका डा. रोशन झाको जन्मोत्सवमा मदिरा सहितको भोज आयोजना गरी निजि क्लिनीक सञ्चालकलाई समेत सहभागी गराएको खुलेको हो । अस्पताल भित्र मध्यरातमा बाहिरी मान्छेहरूलाई नर्सिङ कुवाटरमा राखेर निषेधीत गतिविधी आयोजना गरेका थिए । सो बिषयमा अस्पताल परिसरमा मदिरा सहितको भोजगर्नु गलत भएको अस्पताल विकास समितीले जनाएको छ ।
बिहीबार राति अस्पतालमा सेवा लिन पुगेका स्थानियहरुले डाक्टरहरु मस्ती गरेर गैर जिम्मेवार बनेको भन्दै विरोध गरेपछी अस्पताल अशान्त समेत बनेको थियो । सो क्रममा नर्सिङ कुवाटरमा पार्टि मनाउन पुगेका निजी क्लिनकका डा. अशोक ठाकुर लुकेका थिए भने औषधी व्यापारी उमेश ताजपुरीया लगायत भने अस्पताल परिसर छाडेर भागेको स्थानीय युवा उषन खड्काले बताए । अस्पताल हाता भित्र मदिरा सेवन र सुर्तीजन्य वस्तु सेवन गर्न निषेश हुन्छ तर रंगेली अस्पतालमा भने खुलेआम विभिन्न मनोरन्जनको वहानामा चिकित्सकहरुले नै मदिरा सेवन गर्ने गरेको खड्काले बताए ।
सो पार्टि मनोरन्जनमा विराट मेडिकल कलेजमा कार्यरत हाडजोर्नीका डा. अजय महतो सहित रंगेली अस्पतालका दरवन्दिका चिकित्सक सुनिल चौधरी, लक्ष्मी नारायण कामत लगायत रहेका थिए । उक्त कुरा बाहिरिए पछि पार्टिमा सहभागी डाक्टरहरु सहित ७ जना स्वास्थ्यकर्मीले असुरक्षित रहेको भन्दै कोरोनाको माहामारीमा डिउटी गर्न छाडेका छन् ।