कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारका ३५ वर्षीय जनक लोहारको करेन्ट लागेर मृत्यु भएपछि डिएक्सएन टिमले एक लाख रुपैँया सहयोग गरेको छ । गत असोज २५ गते लोहारको करेन्ट लागेर मृत्यु भएको थियो ।
पारिवारिक अवस्था नाजुक रहेको परिवारलाई सहजता प्रदान गर्नका लागि नेपाल र विदेशमा रहेर डिएक्सएनमा आवद्ध रहेका लिडरहरुले रकम संकलन गरेर सहयोग गरेको त्रिपल डाइमन राजन अधिकारीले जानकारी दिनुभयो । तिल बहादुर रानाले २० हजार, राजन अधिकारीले २० हजार, गंगा तामाङले १० हजार, ममिता तामाङले १० हजार, विष्णु चन्द्र थापाले १० हजार, रमेश अधिकारीले १० हजार, अशोक बस्नेतले ५ हजार लगाएत अन्य सहयोगीहरुबाट रकम संकलन गरिएको अधिकारीले जानकारी दिनुभयो ।
विगत देखि नै डिएक्सएनमा आवद्ध रहेका लोहार २५ गते साँझ साढे छ बजे घरमा पलास्टर गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए । लोहारलाई उपचारका लागि घोडाघोडी अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा लोहारको २५ गते राती अस्पतालमा नै मृत्यु भएको थियो ।