प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए, आजै २८ जना डिस्चार्ज

प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए, आजै २८ जना डिस्चार्ज

विराटनगर, प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको छ ।

स्थानीय तहका आधारमा विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । मोरंगको ग्रामथानमा १८, उर्लाबारीमा १४, सुन्दरहैँचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरी शनिश्चरे र लेटाङमा ३/३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २/२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २/२, बा¥हदशी, हल्दिबारी र झापा गाउँपालिकामा १/१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २/२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १/१, इलामको रोङ, सुर्योदय र स्थानीय तह नखुलेका १/१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज २८ जना डिस्चार्ज भएका छन् । विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २०८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५० हजार ७५१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर