समाचार प्रभाव ः गेउरिया पुल बन्ने भयो, चैत्र सम्ममा सम्पन्न हुने

समाचार प्रभाव ः गेउरिया पुल बन्ने भयो, चैत्र सम्ममा सम्पन्न हुने

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गेउरीया पुल निर्माण कार्य सुरु भएको छ । बिगत ६ बर्ष देखि निर्माण हुन नसकेको खवर एक महिना अगाडि प्रदेश दैनिकमा प्रकाशन भएको थियो ।

समाचार प्रकाशन पछि सडक डिभिजन कार्यलय मोरङका प्रमुख पशुपति ज्ञवालीले उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेविलाई कडा निर्देशन गर्दै समयमा काम सुरु नगरे कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएका थिए । डिभिजनको चेतावनी पछि कम्पनीले काम सुरु गरेको हो ।

 

 

 

 

 

 

 

२०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १५ मिटर लम्बाईको पुल निर्माण गर्नका लागि १ करोड १८ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो । लामो समयपछि पुल निर्माणको काम सुरु गरेको सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीका अनुसार चैत्र महिना सम्म पुलको सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि सो पुलबाट आवत जावत गर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ ।

दैनिक सो सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएकाले स्थानीय हर्सित भएका छन् । स्थानीय पुन्य प्रसाद रिमाल ले भने अब चाहिँ पुल बन्ने आसा बढेको छ । चाँडै नै काम सम्पन्न भएमा आवत जावत गर्न सहज हुनेछ ।

सम्बन्धित खवर