कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टा प्रयोग गर्छ त कहिले बिधुत चोरी

कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टा प्रयोग गर्छ त कहिले बिधुत चोरी

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७ बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाला बनाउने काम द्रुतगतिमा भइरहेको छ । सो काममा कालिका कन्ट्रकसनले कमसल इटा प्रयोग गर्ने गरेको पाइएको छ ।

साता दिन अगाडि पनि कमसल इटाको प्रयोग गरेको स्थानीयले थाहा पाएपछि सो इटा फिर्ता गर्न लगाएका थिए । अहिले पुनः सो कम्पनीले नाला निर्माणका क्रममा कमसल इटाको प्रयोग गरिरहेको पाइएको छ । बारम्बार यस्तो कमसल ईट्टाको प्रयोग गरेर लापरबाही गर्दा समेत स्थानीय निकायका भने मौन बसेको छ ।

नगरपालिका र सडक बिभागका ईन्जिनियरहरुले बेला बेलामा अनुगमन नगरेका कारण निर्माणमा लापर्वाही हुने गरेको पाइएको छ । निर्माण कम्पनीले आफुखुसी कमसल सामानको प्रयोग गर्दा समेत नगरपालिका बने मुखदर्शक बनेको छ ।

सोही निर्माण कम्पनीले केही दिनअघि हुक लगाएर विधुत चोरी गरेको थियो । सडकको दाँया वाँया निर्माण भइरहेको रिटेनिङ्ग वालमा भाइव्रेटर मेसिन प्रयोग गर्नका लागि कम्पनीले हुक लगाएको थियो । सो सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमाडौंले पाएको हो । कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । सो सडक ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने भएको छ ।

सम्बन्धित खवर