सुनसरीमा १ महिना वढिका लागि पूनः निषेधाज्ञा जारी, देउसी भैलो खेल्न समेत रोक

सुनसरीमा १ महिना वढिका लागि पूनः निषेधाज्ञा जारी, देउसी भैलो खेल्न समेत रोक

इटहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीले १ महिना वढि समयका लागि पूनः निषेधाज्ञा लागु गरेको छ । कार्तिक १ गते देखि मंसिर ६ गते सम्मका लागि सुनसरीका विभिन्न स्थानमा लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जारी गरेको सूचना अनुसार अब जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रूपमा भेला भई गरिने कुनैपनि काम गर्न नपाइने भएको छ ।

प्रशासनले उद्घाटन, समापन, सिलान्यास, तालिम, गोष्ठि, भजन किर्तन, अनुष्ठान, मठमन्दिर, मस्जित, गुम्बाहरु, चर्चहरुमा हुने कुनैपनि भेला नगर्न समेत निर्देशन गरेको छ ।

आउदै गरेको चाड तिहारमा देउसी भैलो खेल्न समेत नपाइने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीका कारण यस्तो निर्ण लिन बाध्य भएको पोखरेलको भनाइ छ । पोखरेलका अनुसार निषेधाज्ञा कडाइका साथ लागु गरिने भएको छ ।

 

सम्बन्धित खवर