रंगेलीमा प्राधिकरण कर्मचारी र सशस्त्रका प्रहरी निरिक्षक सहित थप १६ जनामा कोरोना पुष्टी

रंगेलीमा प्राधिकरण कर्मचारी र सशस्त्रका प्रहरी निरिक्षक सहित थप १६ जनामा कोरोना पुष्टी

किरण न्यौपाने, रंगेली

पछिल्लो पटक रंगेलीमा प्राधिकरण कर्मचारी र सशस्त्रका प्रहरी निरिक्षक सहित थप १६ जनामा कोरोना पुष्टी भएको छ । रंगेलीमा समुदाय स्तरमै पुनः कोरोना संक्रमित फेला पर्न थालेको पाइएको छ ।

हिजो थप १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । रंगेली विधुत प्राधिकरणका ७ जना कर्मचारी सहित समुदाय स्तरमै सक्रमित देखिएपछी पछिल्लो पटक ४७ जनाको पिसिआर जाँच गराउँदा एकै पटक १६ जनामा कोरोना देखिएको रंगेली स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले जानकारी दिए । उनले भने हामिले नियमित रुपमै क्वारेन्टाईनमा बस्ने सहितको रेन्डम्ली मानिसहरूको पिसिआर गराउदै आएका थियौँ सो क्रममा केही संख्यामा संक्रमित देखिन्थे तर आज ४७ जना मध्ये १६ जनामै कोरोना देखियो । उनले भने संक्रमितहरु अधिकाशं क्लोज कन्ट्याकका हुन् ।

१६ जना कोरोना संक्रमित मध्ये अधिकाशं रंगेली बसपार्क आसपासका छन् । नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका ३ जना, सशस्त्र प्रहरी रंगेली बल बिओपीका सशस्त्र प्रहरी निरिक्षक सहित रंगेली ७ र ८ का रहेका छन् । संक्रमितहरूलाई रंगेली जनता क्याम्पसको आईसोलेशन सेन्टरमा राखिएको छ ।

हाल रंगेली जनता क्याम्पसको आईसोलेशनमा १० जना रंगेली विधुतका कर्मचारी सहित ३१ जना संक्रमितको उपचार भइरहेको छ भने तिरूपती बालाजी मन्दिर क्वारेन्टाइनमा ११ जना रहेका छन् ।

सम्बन्धित खवर