पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सुरु, यी पालिकाहरुको कर पथरीमा तिर्न पाइने

पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सुरु, यी पालिकाहरुको कर पथरीमा तिर्न पाइने

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा आजबाट करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा आन्तरिक राजस्व कार्यालय विराटनगर अन्तर्गत कार्यालय खडा गरी सेवा सञ्चालनको काम प्रारम्भ गरिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाउनु भयो ।

अनौपचारिक कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, ७ का अध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिको समेत उपस्थिती रहेको थियो । नगरपालिका र पथरी उद्योग वाणिज्य संघको पहलमा पथरी शनिश्चरेका साथै उर्लावारी, मिक्लाजुङ, लेटाङ कानेपोखरीका सेवाग्राहीका लागि कर सम्वन्धी काम गर्ने कार्यालय खडा गरिएको जनाइएको छ ।

वडा नम्वर १ को बुद्धचोक उत्तरमा रहेको कार्यालयमा कार्यालय प्रमुख अधिकृत कमल मैनाली सहितका ३ जना कर्मचारीबाट हाल सेवा सञ्चालन भएको छ ।

सम्बन्धित खवर