इजरायलमा कार्यरत एक नेपाली महिलाको कोरोनाबाट मृत्यु

इजरायलमा कार्यरत एक नेपाली महिलाको कोरोनाबाट मृत्यु

काठमाण्डौ : इजरायलमा कार्यरत सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको कारण ज्यान गएको छ ।

अक्टोबर ४ मा एक महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ । इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा। अन्जना शाक्यले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर