भोजपुर, मुख्यमन्त्री शेरधन राईले भोजपुरको हतुवागडी ९ मा पर्ने दुधकोसी नदिमा पक्कि पुलको सिलान्यास गर्नुभएको छ । चुहार भन्ने स्थानमा निर्माण हुने सो पुलको लागत २१ करोड २३ लाख १२ हजार ४०७ रुपैँया रहेको छ ।
सोमबार एक कार्यक्रमका बिच मुख्यमन्त्री राईले मोटरेबल पुलको सिलान्यास गर्नुभएको हो । २ वषभित्रमा निर्माण हुने सो पुल निर्माण भएपछि पहाड र तराइलाई अझै सहज हुनेभएको छ । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको विकासमा टेवा पुग्ने बताइएको छ । २१ करोड २३ लाख १२ हजार ४०७ रूपैयाँ कुल लागत रहेको सो पक्की पुल निर्माणको लागि कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरिएको छ।
शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले संघीयताका कारण गाउँगाउँमा ठूला पूर्वाधार निर्माण सम्भव भएको बताए । कार्यक्रममा भोजपुरका संघीय सांसद सुदन किराती, स्थानीय तहका जनप्रतिनिधि, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए ।
यो पुल प्रदेश सरकारको ठुला नदिमा पुल निर्माण गर्ने योजना गन्तर्गतको पहिलो पुल पनि हो । यो पुल २ वर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको छ ।