प्रभुका हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पायो

प्रभुका हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पायो

काठमाण्डौ : प्रभु हेलिकप्टर प्रालीले ल्याएको नयाँ एअरबस हेलिकप्टर एच १२५ ए एस ३५० बी ३ ई ले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ ।

स्थापनाको पाँच वर्षमा यो एअरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ पुगेको छ ।

प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर गएको चैत्र ११ गते नयाँ हेलिकप्टर भित्र्याएको थियो । कोरोनाका कारण औपचारिक प्रक्रिया पूरा गर्न ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबलकुमार राजलवटले बताउनुभयो ।

कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टर ६ सिट क्षमताको रहेको छ । यो हेलिकप्टर नेपाली भूभागको लगि योग्य हेलिकप्टर रहेको राजलवटको भनाइ छ ।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाण्डौबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिञ्चोकको सेवा दिंदै आएको छ ।

प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती र सुत्केरीको आपत्कालीन उद्धारसमेत गर्दै आएको छ ।

सम्बन्धित खवर