सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

काठमाडौं : सोमबार थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ । नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।

सम्बन्धित खवर