न्युरो अस्पतालमा उदयपुरका एक कोरोना संक्रमितको मृत्यु

न्युरो अस्पतालमा उदयपुरका एक कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट उदयपुरका एक संक्रमितको आइतबार बिहान मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत त्रियुगा नगरपालिका १० का ६६ वर्षीय वृद्ध को मृत्यु भएको न्युरो अस्पतालका प्रशासकीय अधिकृत सुरेस आचार्यले पुष्टि गरेका छन् ।

उनलाई निमोनियाको आशंकामा न्युरो अस्पताल लगिएको थियो । अस्पतालले पछि स्वाव लिएर परिक्षण गर्दा हिजो शनिवार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो कोरोना भाइरस संक्रमणबाट उदयपुरमा भएको मृत्युको पहिलो घट्ना हो । पछिल्लो केहि दिनमा उदयपुरमा निरन्तर कोरोना संक्रमितहरु थपिरहदा यसले जिल्लामा थप त्रास थपिएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १५४ जना पुगेको छ । आजैमात्र कटारी नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर