नागरिक संवेदनसील नभए पुन: लकडाउन हुने संकेत

नागरिक संवेदनसील नभए पुन: लकडाउन हुने संकेत

काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लक डाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ। सरकारले अपनाउन आग्रह गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिक स्तरबाट अवज्ञा भए पुनः लक डाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनसील नभए लक डाउन गर्न सरकार बाध्य हुने बताउनुभयो।

 

सम्बन्धित खवर