नोबेलमा उपचाररत कोरोना भाईरस संक्रमित पुरुषको मृत्यु

नोबेलमा उपचाररत कोरोना भाईरस संक्रमित पुरुषको मृत्यु

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत एक कोरोना भाईरस संक्रमितको सोमबार बिहान मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार कोरोना पोजेटिभ देखिएका उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार साझ नोबेलमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेका मृतकले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

सम्बन्धित खवर