आजदेखी उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

आजदेखी उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

उर्लाबारी, उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा आजदेखी केही दिनको लागि बन्द हुने भएको छ । कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिएपछि केही दिनका लागि नगरको सम्पूर्ण सेवा बन्द गरिएको हो ।

संक्रमितहरुको सम्पर्कमा रहेका जनप्रतिनिधी र कर्मचारीहरुको पनि स्वाब संकलन गर्ने कार्य शुरु गरीएकोले स्वाबको रिर्पोट नआए सम्मको लागि नगरपालिका सहित सवै वडा कार्यालय बन्द रहने नगरपालिकाले सूचना जारी गरेको छ ।

चार दिन अघि नगर प्रमुख खड्ग फागोका सवारी चालक ईन्द्र आपागाईमा, नगर प्रमुख खड्ग फागो सहित नगरका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कामा पनि कोरोना पुष्टि भएको थियो । नगरका जनप्रतिनिधी तथा कर्मचारीमा संक्रमण देखिएपछि संम्पर्कमा रहेका जनप्रतिनिधी सहित कर्मचारीहरुको समेत पिसीआरको लागि हिजै स्वाब संकलन गरीएको र सो को रिर्पोट नआए सम्मको लागि जनसंम्पर्कमा जान नहुने भएकोले सेवा बन्द गर्न आवश्यक भएको बताउदै नगर प्रमुख फागोले बढीमा तीन सम्म बन्द हुन सक्ने बताउनुभएको छ ।

उता नगरपालिकामा हिजै ९८ जना जनप्रतिनिधी तथा कर्मचारीहरुको पिसीआरको लागि स्वाब संकलन गरी परिक्षण गर्न प्रादेशिक प्रयोगशालामा पठाईएको स्वास्थ्य शाखाका सह–संयोजक रेनुकाप्रसाद काफलेले बताउनुभयो ।

नगरमा हाल सम्म ३२ जना संंक्रमित बनेका र एक जनाको निधन भएको बताउदै सहसंयोजक काफलेले कन्ट्रयाक ट्रेसिङलाई अझ प्राथमिकताका साथ कार्य गर्ने बताउनुभएको छ ।

सम्बन्धित खवर