प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

विराटनगर, प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।

प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिनुभयो ।
प्रदेश १ को मोरंगका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज सम्म १ लाख ३७ हजार ५ सय १७ जनाको ।कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयमा रेकर्ड प्राप्त भएको छ ।

प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

सम्बन्धित खवर