मदन भण्डारी प्रतिष्ठानका विद्यार्थी आन्दोलित, प्रहरी र विद्यार्थी बिच झडप, प्रतिष्ठानमा ताला लाग्यो

मदन भण्डारी प्रतिष्ठानका विद्यार्थी आन्दोलित, प्रहरी र विद्यार्थी बिच झडप, प्रतिष्ठानमा ताला लाग्यो

उर्लाबारी, मदन भण्डारी स्मृति प्रतिष्ठानका विद्यार्थीहरु आन्दोलित बनेका छन् । गत सोमबार प्रतिष्ठानको शिक्षालयमा कार्यरत शिक्षक, लेखा तथा प्रशासन प्रमुख मुक्तीनाथ दाहालले आत्महत्या गरेपछि विद्यार्थीहरु आन्दोलनरत रहेका छन् ।

आइतबार प्रतिष्ठानको मुख्य कार्यालय मोरङको उर्लाबारी ३ मंगलबारेमा ताला लगाउन पुगेका विद्यार्थी र प्रहरी बिच केही समय तनावको स्थीति सृजना भएको थियो । सो क्रममा आक्रोसित विद्यार्थीहरुले प्रतिष्ठानको मुख्य गेटमा रहेको सिसिक्यामेरामा क्षति पु¥याउनुका साथै कुर्सी समेत भाँचेका छन् ।

प्रहरीले दमन गरेपछि विद्यार्थीलाई समेत सामान्य चोट लागेको छ । केही समयको घम्सा घम्सी पछि शान्तिपूर्ण रुपमा ताला लगाउने सहमति अनुसार प्रतिष्ठानमा तालाबन्दि गरिएको छ । आन्दोलनरत विद्यार्थीहरुले दाहाललाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै निष्पक्ष छानविनको माग गर्दै आएका छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्याल र अध्यक्ष गुरु बराललाई छनविन गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।

यसअघि प्रतिष्ठानका अध्यक्ष बरालको हस्ताक्षरमा निष्पक्ष छानविनका लागि समिति बनेको भनेर विज्ञप्ती जारी गरिएको थियो । हिजो बसेको प्रतिष्ठानको बैठकले निर्देशक अर्यालले छानविनको समय रहेकाले तत्काल कुनैपनि काम गर्न नपाउने भनेर निर्णय गरेको विज्ञप्तीमा जनाइएको थियो तर विद्यार्थीहरुले अध्यक्ष बराल माथि नै छानविन गर्नुपर्ने माग राखिरहेका छन् ।

 

सम्बन्धित खवर