मुक्ती दाहाल घटनाको निष्पक्ष छानविन गर्न समिति गठन, निर्देशक अर्याललाई तत्काल सम्पूर्ण काम गर्न रोक

मुक्ती दाहाल घटनाको निष्पक्ष छानविन गर्न समिति गठन, निर्देशक अर्याललाई तत्काल सम्पूर्ण काम गर्न रोक

पथरी, मुक्ती दाहालको निष्पक्ष छानविन गर्नका लागि भन्दै मदन भण्डारी प्रतिष्ठानले समिति गठन गरेको छ । छानविन समिति गठन भएसंगै प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्याललाई तत्कालका लागि प्रतिष्ठानको कुनैपनि काम नगर्न प्रतिष्ठानले निर्देशन गरेको छ ।

दाहाल मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल अन्तर्गत रहेको बहुप्राविधिक शिक्षालयमा कार्यरत लेखा तथा प्रशासन प्रमुख थिए । दाहालले दमक ४ ताराबारीमा रहेको कार्यालयमा नै गत सोमबार झुण्डिएर देह त्याग गरेका थिए । दाहालको देहत्यागका विषयमा प्रतिष्ठानका निर्देशक अर्याल र प्रतिष्ठानकै अध्यक्ष गुरु बरालको मानसिक तनाव रहेको भन्दै परिवार, आफन्त र प्रतिष्ठानकै केही कर्मचारीहरुले आवाज उठाएपछि छानविन समिति बनाउन बाध्य भएको हो ।

छानविन समितिमा राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा शनिबार समिति गठन भएको विज्ञप्तीमा जनाइएको छ । भर्चुअल माध्यमबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यसमितिको बैठकले घट्ना र घट्ना अघि–पछिका सम्पूर्ण अवस्थाको अध्ययन, अनुसन्धान र सत्यतथ्य कारण पत्ता लगाउन राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष गुरूप्रसाद बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सो समितिमा सदस्यहरू क्रमशः उर्लाबारी नगरपालिका उपमेयर लक्ष्मीदेवी भण्डारी, सुमित्रा भण्डारी, नारायण वस्ती, खोमप्रसाद बगाले, सोम निरौला र भोला दाहाल रहेका छन् ।

स्रोतका अनुसार निरौला मृतक दाहालका सहोदर मामा हुन् भने दाहाल जेठा दाजु हुन् । परिवारजन समेत सङ्लग्न सो समितिले १५ दिनभित्र छानविन कार्य सम्पन्न गरी प्रतिवेदन कार्यसमितिमा पेश गर्नुपर्ने प्रतिष्ठान बैठकको निर्णय रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटना घटेलगत्तै उत्रिएको भीडले कार्यकारी निर्देशक विनोद अर्यालले आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा उहाँको निलम्बनको माग गरेको थियो । अध्यक्ष बरालले पनि तत्काल राजिनामा दिनुपर्ने माग सहित स्थानीयको भिडले बराललाई समेत आक्रमण गरेको थियो ।

यता प्रतिष्ठानको बैठकले घटनाको छानविन पक्रिया पूरा नहुञ्जेलसम्मका लागि निर्देशक अर्याललाई कार्यालयको सम्पूर्ण कामकाजबाट अलग्याउँदै कुनै पनि प्रकृतिको काम कारबाही नगर्न निर्देशन दिएको जारी विज्ञप्तिमा उल्लेख छ । बरालका अनुसार दाहालको देहत्यागको वास्तविक सत्यतथ्य पत्ता लगाउन र दाहाल परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न प्रतिष्ठान कार्यसमिति र प्रतिष्ठान परिवार प्रतिबद्धताका साथ लाग्ने निर्णय भएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले दिवंगत दाहालको अनुपस्थितिमा उहाँकी श्रीमती शान्ता अधिकारी दाहाललाई प्रतिष्ठानको सेवाक्षेत्रमा स्थायित्व कायम गर्ने र उहाँका छोराहरू इशान र श्रेयन दाहालको स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन प्रतिष्ठानले अभिभावकत्व ग्रहण गर्ने निर्णय समेत गरेको छ ।

अहिलेपनि विद्यार्थी र आफन्तले दाहालको स्वेच्छिक मृत्यु नभएर दुरुत्साहन नै भएको भन्दै आन्दोलन चर्काइरेहका छन् ।

 

यस्तो भएको थियो दाहालको घरमा

सम्बन्धित खवर