प्रदेश १ मा आज हालसम्मकै उच्च संक्रमित, आज मात्रै ५५२ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज हालसम्मकै उच्च संक्रमित, आज मात्रै ५५२ कोरोना संक्रमित थपिए

विराटनगर, प्रदेश १ मा आज हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज मात्रै ५५२ जना कोरोना संक्रमित थपिएका हुन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४/४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको छ ।

सुनसरीको धरानमा २२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ महिला र १२९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १/१ जना,

मोरंगको विराटनगरमा १४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३/३, रंगेली, पथरी शनिश्चरे, ग्रामथानमा २/२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको छ ।

उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १/१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।

प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९४ महिला र ३५८ पुरुष रहेका छन् । हालसम्म १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्तालयले जनाएको छ ।

सम्बन्धित खवर